उपकार बचतको परिचयः
सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यलय धुलिखेलबाट मिति २०६५/८/१ गते दर्ता नं. ११७६ प्राप्त गरी बनेपा–६ मा कार्यालय स्थापना भई सञ्चालनमा आएको संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लि. हो । ब्यवसायिक तथा वित्तिय क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुद्घारा सञ्चालित यस सहकारीले आफ्ना दक्ष एंव अनुभवी कर्मचारीको सहयोगमा बिभिन्न क्षेत्रमा छरिएर रहेका स–साना पँुजीलाई संकलन गरी संस्था संग सम्बन्धित सबै सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागी सहयोग गर्दै आत्मनिर्भर बनाउने उद्घेश्यले संस्थाको स्थापना भएको हो ।
शेयर पँुजी
यस संस्थाले अधिकृत पँुजी रु. ५,००,०००००।–(रु पाँच करोड कायम गरीएको छ । संस्थाको बिभिन्न शेयर संकलन कार्यक्रम अन्तरगत आ.व. २०८०÷८१ सम्ममा उक्त अधिकृत (शेयर पँुजीलाई पूर्णरुपले चुक्ता पँुजीमा परिणत गरिने छ ।
व्यवस्थापन
सहकारी ऐन नियम तथा संस्थाको योजना नीति एंव कार्यक्रमहरु प्रभावकारीताका साथ कार्यान्वयन गर्न सक्ने र उक्त बिषयका दक्ष तथा अनुभवी कर्मचारीहरु संस्थाको व्यवस्थापन तहमा रहेका छन्।
प्रविधि
सदस्यहरुमा छिटो छरीतो तथा सरल ढंगले सेवा प्रवाह गर्नका लागी दैनिकरुपमा हुने कारोवारलाई व्यवस्थीत ढंगले लेखाङ्कन गर्न एंव पारदर्शी बनाउन संस्थामा सफ्टवेयर जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *